सिरहा:नेपाली सेनाले अति विपन्न दलित समुदायका परीवारहरुलाई गरे न्यानो कम्बल वितरण

  • star khabar
  • ४ महिना अगाडि
  • १६ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

स्टार खबर
पौष-२८ सिरहा।

नेपाली सेनाले सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा २ र ३ का अति विपन्न दलित समुदायका ३५० परिवारलाई न्यानो कम्बल वितरण गरेको छ।

शनिबार चोहर्वा स्थित रहेको श्री नन्दा बक्स गण ब्यारेकको सहकार्य र कर्जन्हा नगरपालिकाको आयोजनामा यी कम्बलहरू वितरण गरेको थियो।

कर्जन्हा नगरपालिका वडा-३ को वडा कार्यलयको परिसरमा आयोजित कार्यक्रममा श्री नन्दा बक्स गणका गणपति प्रमुख सेनानी सुमन श्रेष्ठ,कर्जन्हा नगरपालिकाको उप प्रमुख लक्ष्मी श्रेष्ठले गरिव ,दलित ,अति बिपन्न समुदायका घरपरिवारलाई कम्बल प्रदान गरेका थिए।

Oplus_131072

सेनाले प्रत्येक वर्ष शीतलहर प्रभावित बस्तीका अति विपन्न परिवारलाई कम्बल वितरण, चोकचोकमा आगो बाल्ने र बटुवालाई तातो चिया खुवाउने कार्य गर्दै आएको छ।

जनताको दुःखमा साथ दिन गरिब बस्तीमा कम्बल वितरण गरिएको गणपति प्रमुख सेनानी श्रेष्ठले बताए।
सिरहाका गाउँबस्तीमा पुसको तेस्रो सातादेखि बाक्लो हुस्सु र चिसो हावाका कारण सर्वसाधारण कष्टकर अवस्थामा छन्।
यस अवस्थामा सेनाले गरेको यो सहयोग सराहनीय रहेको स्थानीयहरु नेपाली सेनाको यस्तो कार्य प्रती खुशी व्यक्त गरेका थिए ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *