सिरहा:गोलबजार नगरस्तरीय क्रिकेट प्रतियोगितामा गोलबजार टिमको शानदार जित

  • star khabar
  • ४ महिना अगाडि
  • १५ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

ज्ञान कुमार राय
पौष -२७ सिरहा।

सिरहाको गोलबजारमा नगरस्तरीय क्रिकेट प्रतियोगितामा गोलबजार टिमले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको छ।
रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनल खेलमा गोलबजार टिमले कल्याणपुर टिमलाई पराजित गर्दै विजयी बन्ने गौरव हासिल गरेको हो।

आज भएको गोलबजार नगरस्तरीय क्रिकेट फाइनल खेलमा कल्याणपुर टिमले टस जितेर पहिले ब्याटिङ गरेका थिए ।पहिले ब्याटिङ गरेर १८.४ ओभर मा १३६ रन को लक्ष्य दिएका थिए ।

फाइनल खेलमा गोलबजार टिमले सानदार ब्याटिङ र बलिङ प्रदर्शन गर्दै १७.४ ओभरमा लक्ष्य सहजै पूरा गर्‍यो। कप्तान शशी सहनीको कुशल नेतृत्व र खेलाडीहरूको उत्कृष्ट समन्वयले टिमलाई जित तर्फ डोर्याएको थियो। ब्याट्सम्यान कोशल कुमार रायले खेलमा सान्दार प्रस्तुति गरे भने बलर विनय पासवानले चार निर्णायक विकेट लिँदै खेललाई गोलबजारको पक्षमा पारे।

खेलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा विजेता टिमलाई ट्रफी, प्रमाणपत्र र नगद(रु.३०,०००/-) तीस हजार पुरस्कार प्रदान गरियो।
आयोजक समितिका अध्यक्ष सुभाष सिंहले विजेता टिमलाई बधाई दिँदै भविष्यमा अझ ठूलो सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरे।

यस विजयसँगै गोलबजार टिमले नगरस्तरीय क्रिकेटमा आफ्नो दबदबा कायम राख्न सफल भएको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *