समयमा मल खाद्य नपाएर किसान चिन्तित

  • star khabar
  • ४ महिना अगाडि
  • १९ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

स्टार खबर
लहान-साउन१३

सिरहा जिल्ला भरिका अधिकांश किसानहरु समयमा मल खाद्य नपाएको कारण अति नै चिन्तित भएको देखिन्छ ।
कृषि सामग्री कम्पनी लिमिटेड लहानका कार्यालय प्रमुख दिपक पौड्यालले भने आज बिहानै सैयौं जना किसानलाई गाउँपालिका नगरपालिका फर्काए।स्थानीय तहको सिफारिसमा हरेक कृषि सामग्री सहकारीलाई मैले मल खाद्य सोमबार वितरण गरे।

अहिले डिएपी प्रति बोरा २२५०/- युरिया प्रति बोरा ७८८/-का दरले सहकारीलाई दिइएको पौड्यालले बताए ।
पौड्यालका अनुसार फेरि पनि आउँदो सोमबारबाट मल वितरण गरिने योजना रहेको उनले जानकारी दिए ।

धान रोपिसके पछि १ हप्ता भित्र मल खाद्य दिनुपर्ने अनिवार्य हुन्छ । तर, नेपाललाई कृषि प्रधानको दर्जा दिइएको छ उक्त दर्जा कागजमै सिमित भएको अवस्था देखिन्छ ।
किसानको समस्या सामाधान गरिदिन प्रशासन पक्ष लगायत सम्बन्धित निकायले यस बारेमा चासो लिनुपर्ने देखिन्छ । तर, गोप्य सुचना प्राप्त अनुसार मल खाद्यमा चरम् कालाबजारी भईरहेको समेत खुलासा भएको हो ।
सहकारीको नाममा मल खाद्य सस्तोमा लिने र ब्लेक्मा बजारमा रहेको खाद्यान्न पसलमा बिक्री भएको किसानहरु को गुनासो रहेको छ । त्यसमा पनि जनप्रतिनिधि र सहकारीका अध्यक्षहरुको मिलोमतोमा किसानले नै सास्ती भोग्नु परेको एक किसानले बताए ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *