ज्ञान कुमार राय
पौष -२७ सिरहा।
सिरहा जिल्लाको वन्दीपुरमा वातावरण संरक्षण सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।
कार्यक्रम दुई दिने पुस २६ र २७ गते श्री महिला सामूहिक भवन हलमा डिभिजन वन अिधकृत लहानका शैलेन्द्र कुमार मिश्रा सिरहा लहानका प्रमुख र संयाेजक रामकेवल यादव वन अधिकृत सव डिभिजन वन कार्यालय बन्दिपुरका अतिथिमा आयोजित गरिएको थियो।

कार्यक्रममा सब डिभिजन वन कार्यालय वन्दीपुरका याेगेन्द्र प्रसाद यादव जमदार र गंगाराम दास लगायत २६ जनाको सहभागी रहेको थियो । वातावरण संरक्षणका विविध पक्षहरू, स्थानीय समुदायको भूमिका र जैविक विविधताको संरक्षणमा केन्द्रित विषयवस्तुहरूमा छलफल गरिएको थियो।
वातावरण संरक्षणमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको र प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनका लागि जनचेतना अभिवृद्धि गर्नु महत्वपूर्ण रहेकोले हेटौडाका वन बिज्ञान विषयका प्रशिक्षक गुलाब कुमार चाैधरीले जानकारी दिए।साथै यस किसिमका कार्यक्रमले वातावरण संरक्षणमा जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधिहरू, समुदायका अगुवा, महिला समूहका सदस्यहरू लगायतका सहभागी थिए।
Your email address will not be published. Required fields are marked *