पौष -२६ सिरहा।
साना किसान कृषि सहकारी संस्था लि.हनुमान नगर (प्र.म.) सिरहा -११ भलुवाहीको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सभामा संस्थाले आर्थिक वर्ष २०८०/०८१का वार्षिक गतिविधि, प्रगति प्रतिवेदन, र आगामी योजनाबारे जानकारी गराएको छ।
कार्यक्रममा संस्थाका का.व.अध्यक्ष चन्द्रदिप बहादुर भुजेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा संस्थाले
रु. १,७७,९९,२८७/००को कारोबार भएको
सहकारीमा सदस्यहरूको संख्या ६४० रहेको जसमा महिलाको संख्या ६३० र पुरुषको संख्या १०ले वृद्धि भएकोे जानकारी गराए।

कृषि ऋण वितरणमा १,८४,४१,०३३/-रकमलाई १६ % व्याज दरले,लघु कर्जा Micro Finance मा रु.१०,२०,०००/-लाई १६% व्याजदरले त्यस्तै सबल नेपाल फरवार्ड नेपालमा रु.२,६०,९५०/-मा १२% व्याजदरले लगानी गरेको छ।
कार्यक्रममा पत्रकार देवकुमार यादवले भने हाल मिटर व्याजको कारण गाउँ समाजमा पैसा लेन देन मा समस्या आएको छ,आज तपाईहरुकै गाउँमा रहेको संस्थाले सहयोग गर्दै आएको पैसा कर्जा लिएर घरमा न बसी समयमै पैसा बुझाए आफु पनि लाभ लिउ र संस्थालाई पनि फाइदा गरौ भनी बताए ।

संस्थालाई आफनै मानी पैसा बचत गर्ने गरौ ताकी भोलिको समयमा घरमा बिद्यार्थीको पढाइ खर्च ,भैपरी समस्या आउदा त्यति खेर संस्थाले जति खेरपनी पैसा दिन तैयार रह्न्छ।साथै संस्थामा कारोबार गर्दा समयमा नै पैसा बुझाउने बानी बसाउने गरौ भनी सि.न .पा-१५का वडा अध्यक्ष बिनोद कुमार कामतीले मन्तव्य क्रममा बताए । यो कृषि सहकारी संस्थाले हाल सम्म ३ वटा गाउँमा आज १३ बर्ष देखि राम्रोसँग सेवा दिएर संचालनमा रहेकोे छ।यस संस्थामा अझै समुह शेयर धनी बनाइ संस्थालाई अगाडि बढाउ ताकी भोलिको समयमा हामीसबै संस्था प्रति गर्व गर्नेछौं भनी रेडियो सल्हेश एफ.एम. का अध्यक्ष चन्द्रदेव कामतीले भने साथै हाल रजिस्टरमा संस्था संचालनमा रहेको छ अब आउने दिनमा यो सहकारीलाई प्राबिधिक युग भएको कारण कार्यलयमा कम्पुटरको प्रयोग र जीवन बिमाको सुबिधा लिई संस्थालाई अगाडि बढन भनी साना किसान कृषि सहकारी संस्था लि. बिष्णुपुरको प्रन्धक उपेन्द्र यादवले सुझाव दिए।
साथै उक्त संस्थामा रहेका शेयर धनीका जेहेन्दार २ जना बिद्यार्थीलाई शैक्षिक सामग्री बापत दुई हजारका दरले रकम प्रदान समेत गरेको थियो ।

कार्यक्रमको अन्त्यमा सहकारीका संस्थाका का व अध्यक्ष चन्द्रदिप बहादुर भुजेलले साना किसानहरूको आर्थिक सशक्तीकरणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए। उनले सहकारीहरूले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै सदस्यहरूको आयस्तर वृद्धि गर्न थप सक्रियता देखाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा संस्थाको सम्पुर्ण शेयर धनी ,स्थानीय युवा बुद्धिजीवी ,प्रहरी ,पत्रकारहरुको सहभागितामा रहेको थियोे ।
Your email address will not be published. Required fields are marked *