प्रेस सेन्टर नेपाल, सिरहाको पाचौं अधिवेशन सम्पन्न

  • star khabar
  • ४ महिना अगाडि
  • १४ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg


ज्ञान कुमार राय
सिरहा, २३ पुस।

प्रेस सेन्टर नेपाल, सिरहाको पाचौं जिल्ला अधिवेशनले रामभरोसी यादवको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीय जिल्ला समिती चयन गरेको छ।
जिल्लाको गोलबजारमा सम्पन्न अधिवेशनले २ जना केन्द्रिय प्रतिनिधी र तीन प्रदेश प्रतिनिधीसमेत सर्वसम्मत चयन गरेको हो।

अधिवेशनले उपाध्यक्षमा मुकेश कुमार यादब र संतोष साह, सचिवमा सुदिप राउत, सह–सचिवमा सुरेश राय, आशानन्द यादब, कोषाध्यक्षमा नैना चौधरि, सद्स्यमा अनुभक्त चौधरी, मोहन साह, बिबेक परियार, ज्ञान कुमार राय, सुनिल साह लगायतहरुले चयन भएको आयोजकले जनाएको छ।

महा–सचिव हिरालाल चौधरीले प्रेस सेन्टर सिरहामा प्रभावसाली संगठन रहेको बताए छ। सेन्टरको पाचौं जिल्ला अधिवेशनलाई सम्बोधन उप–महासचिव चौधरीले यस्तो बताएका हुन्। उनले भने, ‘संगठनमा लागेका साथिहरु सबै पत्रकारीतामा सकृय हुनुहुन्छ, त्यसैले म गर्वका साथ भन्न चाहन्छु की सिरहामा प्रेस सेन्टरमात्र त्यस्तो संगठन हो, जसका सवै सदस्य पत्रकारीतामा अवल र सक्रिय छन्। आगामी दिनमा यसलाई अझै प्रभावकारी र प्रभावशाली बनाउँदै लानु पर्छ।’

सम्मेलनले केन्द्रिय प्रतिनिधीमा चन्द्रदेव कामती र आशिष विश्वकर्मालाई चयन गरेको छ। त्यसैगरी प्रदेश प्रतिनिधीमा जिवछ यादव, रामभरोसी कामती र रामनारायण ठाकुरलाई चयन गरेको छ।

सोही क्रममा पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्यमा देवकुमार यादव, पुर्व प्रेस काउन्सीलका सदस्य चन्द्रदेव कामती, मणिलाल विश्वकर्मा, जिवछ यादवले संगठनलाई बलियो बनाउन सवैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदैं सम्मेलन सफलताको शुभकामना दिए।

निवर्तमान अध्यक्ष आशिष बिश्वकर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन सचिव मुकेश यादबले गरेको थिए ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *