पुस २१ सिरहा। स्टार खबर
सिरहाको विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष गिता कुमारी सिंहले आफ्नै पालिकाको सरकारी गाडीमा क्षति पुर्याउँदै गाडीको सिसा फुटाएकी छन्।
गाउँपालिका अध्यक्ष सत्य नारायण यादव चढिरहेको स्कारपियो (बा.२ झ ३६४३) मा क्षती पुर्याएकी हुन । अध्यक्ष यादवका अनुसार, उपाध्यक्ष सिंहले सिरहामा आफ्नो पार्टीको बैठक रहेको भन्दै गाडी मागेकी थिइन्। तर, अध्यक्ष यादवले किसानको मलखादसम्बन्धी समस्या बुझ्न तत्कालै अर्को स्थानमा जानुपर्ने भएकाले गाडी उपलब्ध गराउन नसकिने बताएपछि उपाध्यक्षले रिसमा आएर पत्थर प्रहार गर्दै गाडीको सिसा फुटाइदिएको जानकारी दिए। यादवले भने, “यो पहिलो पटक होइन। यसअघि पनि उपाध्यक्ष सिंहले पटक-पटक यस्ता हर्कत गर्दै आएकी छन्। केही महिना अगाडि गाउँपालिकाले दिएको चेकसमेत च्यातेकी थिइन्।”
उपाध्यक्ष महतोले भनिन,मलाई सिराहा स्थित रहेको जसपाको पार्टीको कार्यालयमा जानुपर्ने थियो।अध्यक्ष यादबलाई मैले ठीक १०:०० बजे गाडी मेरो निबास विष्णुपुर (गौरीपुर)मा पठाइदिनु आग्रह गरेको थिए। तथापी अध्यक्षले गाडी नपठाई दिदा रिसाएर गाडीको सिसा फुटाएकि बताए ।
घटनापछि गाउँपालिकामा चर्को चर्चा र विवाद भइरहेको छ। स्थानीयले यस प्रकारको व्यवहारले सरकारी सम्पत्तिको दुरुपयोग र पदाधिकारीहरू बीचको तनावलाई झल्काएको भन्दै आलोचना गरिरहेका छन्।
Your email address will not be published. Required fields are marked *