सिरहा: बिष्णुपुर गापामा बिद्यार्थीको मागलाई अटेर गर्दा गाउँपालिका र वडा कार्यालय तोडफोड

  • star khabar
  • ४ महिना अगाडि
  • १५ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

स्टार खबर
पुस-११ सिरहा।

सिरहाको विष्णुपुर गाउँपालिका वडा नम्बर १ मा रहेको श्री जनता माध्यमिक विद्यालय बिष्णुपुर, गौरीपुरका विद्यार्थीहरूले शैक्षिक सुधारको माग गर्दै आन्दोलन थालेका छन्। आन्दोलनको क्रममा एक विद्यार्थी घाइते समेत भएका थिए ।

चार दिनदेखि विद्यालयमा तालाबन्दी गर्दा समेत पालिकाबाट र वडा अध्यक्ष भोगिन्द्र यादवले समस्या समाधानमा चासो नदिएको भन्दै आक्रोशित विद्यार्थीहरूले वडा कार्यालय र गाउँपालिका कार्यालयमा तालाबन्दी गरी तोडफोड गरेका छन्।

विद्यार्थीहरूले विद्यालयको व्यवस्थापन, गुणस्तरीय शिक्षा, आवश्यक शिक्षक र शैक्षिक सामग्री उपलब्ध गराउन माग गर्दै आन्दोलन सुरु गरेका हुन्। स्थानीय प्रशासन र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन विद्यार्थीहरूले यो कदम चालेको जनाइएको छ।

उनिहरुले प्रधानाध्यापक प्रहलाद यादबलाई समेत स्कुलको शैक्षिक सुधार गर्न पटक-पटक गुहार गर्दा पनि कुनै किसिमको सुधार नहुदा बाध्य भएर बिद्यार्थीहरुले आन्दोलन गर्न बाध्य परेको बताए ।

घटनापछि स्थानीय प्रशासन र गाउँपालिका अध्यक्ष सत्यनारायण यादबले विवाद समाधानकालागि बिधालय परीसरमै छलफल गरि विद्यार्थीको माग सम्बोधन गरेका छन ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *