सिरहा:सशस्त्र प्रहरीले अबैध पटाका बरामद गरेकालाई गरे नष्ट

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

कार्तिक -१५ सिरहा।

सशस्त्र प्रहरी नेपालले चाडपर्वलाई लक्षितगरी विशेष अपरेशनको क्रममा बरामद भएका अवैध पटाकाहरूलाई सुरक्षित तरिकाले नष्ट गरेको छ।

बिहिवार बिहान सिरहा नगरपालिका -१ गुलरिया चौक नजिकबाट अन्दाजी ५ हजार रुपियाँ बराबरको पटाका बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी नेपाल सुरक्षा बेस (मिल)को इन्चार्ज सय बिष्णु प्रसाद गौतमको कमान्ड खटिएको टोलीले सिरहा नगरपालिका-१ गुलरिया चौकबाट चेक जाचको क्रममा घासको बिउमा लुकाएर राखेको पटाका अन्दाजी रकम ५ हजार र घासको बीउ अन्दाजी रकम २२ हजार १ सय रकम बराबरकोलाई नियन्त्रणमा लिई घासको बिउलाई भन्सार दाखिला र पटाकालाई जमिनमा खाल्डो खनी नस्ट गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद भएका पटाकाहरूलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर स्थानीय प्रशासनको उपस्थितिमा खुला ठाउँमा सुरक्षित विधिबाट नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। यस कार्यले समाजमा हुने सम्भावित दुर्घटना तथा असुरक्षालाई न्यूनीकरण गर्ने प्रहरीको विश्वास छ।

नजिकिदो चाडवाडसहित विशेषगरी दीपावली, तिहार र छठ पर्वमा आतिसवाजीको रुपमा प्रयोग हुने पटाकाजन्य सामग्री भारतमा निर्वाध प्रयोग गर्न पाइन्छ । खुला सिमानाका कारण नेपालमा भने भारतबाट तस्करीमार्फत हरेक वर्ष चाडवाडको समयमा ठूलो मात्रामा पटाकाजन्य सामग्री भित्रिने गर्दछ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *