सिरहा र उदयपुरका पत्रकारहरूलाई सूचनाको हक र एआई सम्बन्धी प्रशिक्षण

  • star khabar
  • ४ महिना अगाडि
  • १४ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

साउन -२७ सिरहा।

सिरहाको लहान स्थित पेसिफिक होटलमा अमेरिकन नागरिक यूएसएआईडीको( USAID) सहयोगमा एसिया फाउण्डेशनको सहकार्यमा संचारिका समूहको आयोजनामा दुई दिने प्रशिक्षण शिविरको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ।

उक्त प्रशिक्षण शिविरमा सिरहा र उदयपुर जिल्लाका सक्रिय पत्रकारहरूलाई सूचनाको हक र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालीम दिइएको हो।

कार्यक्रममा विभिन्न संचार माध्यममा सक्रिय रूपमा कार्यरत २५ जना पत्रकारहरूले सहभागिता जनाएका थिए।
प्रशिक्षणको मुख्य उद्देश्य पत्रकारहरूलाई सूचनाको हक सम्बन्धी कानूनी ज्ञान प्रदान गर्नुका साथै, पत्रकारितामा एआईको प्रयोग र यसको सम्भाव्य चुनौतीहरूबारे जानकारी दिनु रहेको थियो।

प्रशिक्षणका क्रममा सहभागी पत्रकारहरूले सूचनाको हकका कानून र यसको कार्यान्वयन, एआईका नयाँ प्रविधिहरू, पत्रकारितामा हुने यसको प्रयोग, साथै पत्रकारितामा यसले पार्न सक्ने सकारात्मक र नकारात्मक प्रभावहरूबारे छलफल गरेका थिए। कार्यक्रममा विज्ञ प्रशिक्षकहरूले विविध प्रस्तुतीकरण र अन्तर्क्रिया सत्रमार्फत पत्रकारहरूको ज्ञान अभिवृद्धि गरेका थिए।

यस किसिमका तालीमहरूले पत्रकारिताको क्षेत्रमा नयाँ प्रविधि र सूचनाको हकको ज्ञानलाई प्रवर्द्धन गर्दै, पत्रकारहरूको क्षमतालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *