चैत १६सिरहा ।
सिरहाको कल्याणपुर नगरपालिकामा रहेको राम दुलारी माध्यमिक बिधालयको परीक्षा केन्द्रबाट मोबाइलको माध्यमले चिट चोरी गर्ने७ जना परिक्षार्थिलाई परिक्षाहलबाट बाहिर निकालिएको थियो ।
बिद्यार्थीहरु परिक्षामा मोबाइलबाट प्रश्नपत्र आउट गरि चिट चोरी गरिरहेको पाइएकोथियो ।आज एसईइ परिक्षाको दोस्रो दिन शुक्रबार अनिवार्य नेपाली बिषयको परिक्षामा परिक्षा समिति सिरहाले अनुगमनको क्रममा मोबाइल बाट चिट गरिरहेको अबस्थामा उनीहरु सँग मोबाइल खोस्दै परिक्षा हल बाट बाहिर निकालिएको थियो ।
परिक्षा समिति सिरहाले गरेको अनुगमनको क्रममा करिब १० पिस मोबाइल अनुगमन समितीले र८ वटा मोबाइल परीक्षा केन्द्रको सुपरिटेन्डेन्ट रघुनाथ साहले विद्यार्थीहरुबाट मोबाइल खोसी स्थानीय ईलाका प्रहरी कार्यलय कल्याणपुरको प्रमुख कृष्ण हरि बोहरालाई राख्न बुझाएको थियो ।
अनुगमनमा जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख संतोष अचार्य, सहायक प्रमुख जिल्ला अधिकारी नरेश यादव ,अनुसन्धान कार्यालय सिरहाको प्रमुख टीका पोखरेल,सशस्त्र प्रहरी लगायत प्रदेश सभा ख को माननीय सभासद रामबाबू यादव रहेको थियो ।
Your email address will not be published. Required fields are marked *