शान्ति सुव्यवस्थामा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय : मुख्यमन्त्री यादव

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

बर्दीवास (महोत्तरी), फागुन २६।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको शान्ति सुव्यवस्थामा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय रहेको बताउनु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्मस्ता बाहिनी बर्दिवासमा आयोजित २२ औं स्थापना दिवसको अवसरमा मुख्यमन्त्री यादवले शान्ति सुरक्षाको सबालमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नु भयो ।
शान्ति सुरक्षामा अहोरात्र खटने सशस्त्र प्रहरीहरुको न्युन्तम सेवा सुविधा समेत उपलब्ध नभई रहेको प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री यादवले त्यस तर्फ अविलम्ब ध्यान दिन संघ सरकारलाई ध्यानाकर्षण समेत गराउनु भयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्मस्ता बाहिनी बर्दिवासका बाहिनीपति डिआईजी दीपेन्द्र शाहले सिमा सुरक्षा अाफ्नाे प्रमुख प्राथमिकता रहेकाे र त्यहि अनुरूप शस्त्र प्रहरीले विभिन्न कार्यक्रम संचालनमा लाएकाे र त्यस्काे परिणाम स्वरूप बाहिनी देश भरिमै प्रथम हुन सफल भएकाे प्रति खुशी ब्यक्त गर्नु भयाे ।
बाहिनीपति डिआईजी दीपेन्द्र शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरीका एआइजी चन्द्र प्रसाद गौतम, मुख्यन्यायधिवक्ता विरेन्द्र ठाकुर, प्रदेश सभा सदस्य शारदा थापा सहित सुरक्षा निकायका प्रदेश स्थित प्रमुखहरु, समाज सेवी, पत्रकार उद्योगी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरुलाई मेडल, ट्रफी, एवं उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गरिएको
थियो ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *