प्रधानमन्त्री प्रचण्डबाट सिरहा र धनुषा जोड्ने पक्की पुलको शिलान्यास

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

फागुन-१२सिरहा।

सिरहा जिल्लाको कल्याणपुर नगरपालिका- ५( चिकना) र धनुषा जिल्लाको सबैला नगरपालिका-४(पटहेर्वा) जोड्ने गरी निर्माण हुने पक्की पुलको शिलान्यास प्रधानमन्त्री पुष्पकमल दहाल "प्रचण्ड"द्वारा गरिएको छ ।

शनिबार सिरहा र धनुषा जोड्ने नेपालकै लामो झोलुंगेपुल उद्घाटन गर्न आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त पक्की पुलको पनि शिलान्यास गरेका हुन् ।

एक अर्ब ११ करोड लागत रहेको ६०० मिटर लामो पुल निर्माणको ठेक्का एलाइट कन्स्ट्रक्सन कम्पनीले पाएको छ । चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ पाएको यो पुल ४२ महिनाभित्र निर्माण सक्ने लक्ष्य छ ।

डबल लेनको यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा सहयोग पुग्नेछ ।
पुल शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले पुल बनेपछि सिरहा र धनुषाको पूर्वी भेगका जनताले ठूलो राहत पाउने बताए ।
चालु आर्थिक वर्षमा कम बजेट भएपनि आगामी आर्थिक वर्षमा पर्याप्त बजेट छुट्याउने उनले बताए ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *