सिरहा, २९ माघ।
सिरहा प्रहरीले प्रतिवन्धित लागुऔषध खैरो ब्राउनसुगरसहित एक किशोरलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले मिर्चैया नगरपालिका २ मलहनियाँबाट स्थानीय १९ वर्षिय विष्णु कुमार साहलाई ४ ग्राम ४३ मिलिग्राम ब्राउनसुगरसहित सोमबार विहान नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय मिर्चैयाले विशेष सूचनाको आधारमा बाटोमा हिडीरहेको समयमा नियन्त्रणमा लिई खानतलासी गर्दा साहको साथबाट ब्राउन सुगरसहित ४ हजार ९ सय नगद, डिजिटल तराजु १ थान र एक थान मोवाईल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए।
आवश्यक अनुसन्धानकोलागि पक्राउ परेका साहलाई आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरीएको प्रहरीले जनाएको छ।
Your email address will not be published. Required fields are marked *