सिरहा :मिर्चैया नपाका तोडफोड घटना सम्लग्नलाई तत्काल कार्वाहीको माँग

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा, २९ माघ।
सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले आईबार पालिकामा भएको तोडफोडमा संलग्नहरुलाई तत्काल कानुनी कार्वाहीमा ल्याउनुपर्ने माँग गरेको छ।

पालिकामा तोडफोड घटनाभएको २४ घण्टा वितिसक्दा पनि स्थानीय प्रशासनको मौनताले आफूहरु ससंकित भएको भन्दै उनीहरुलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने सोमबार पत्रकार सम्मेलन गरी माँग गरेको हो।

मेयर यादवले विना कारण गुण्डा शैलिमा प्रशासनकै अगाडी पालिकामा भएको ढुङ्गामुडाको घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन आफ्नो तर्फबाट सवैखालको प्रयास भईरहेको बताए। उनले भने, ‘हामी यसप्रकारको गुण्डा शैलिको घोर भ्रत्सना गर्दछौं। घटनामा संलग्नहरुलाई कानुनी कार्वाहीमा ल्याउनमाँग पनि गर्दछौं। तर, स्थानीय प्रहरीको व्यवहारले हामीलाई ससंकित बनाएको छ।’

संकाकै बिचपनि हामीले न्यायको आशा गरेको मेयर यादवले बताए। उनले भने, ‘हामीले प्रहरीलाई संकाको बावजुत प्रहरीको अनुसन्धान प्रभावित पार्ने पक्षमा छैनौं। उहाँहरु आफै पनि घाइते हुनु भएको छ। दोषीमाथि कार्वाही हुनेमा हामी विश्वस्त छौं।’

मिर्चैया नगरपालिका ३ का खगेश्वर गोहिवार यादवस सहित ३०/४० जनाको समूहमा आएका उछृङ्खल समूहले अन्धाधुन्ध ढुङ्गामुडा प्रहारगरी कार्यलयमा क्षति पुर्याएको नगरपालिकाले जनाएको छ। गोहीवार वडा अध्यक्ष पवित्रि देवी यादवको श्रीमान हुन्।

गोहिवारले यस अघिदेखि नै वडा कार्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी र शिक्षकहरुलाई दुव्यवहार र गालीगलौज गर्ने गरेको आरोप छ। उनले वडा कार्यालयका सवै कागजातहरु कब्जामा लिएको र काम गर्ने वातावरण समेत खलबल्याएको कर्मचारीहरुले पत्रकार सम्मेलनमा बताए।

पत्रकार सम्मेलनमा सम्पूर्ण विभागीय शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य चौकीका प्रमुखहरुको उपस्थिति रहेको थियो। उनीहरुले यस्ताखालका घटना तत्काल रोक्न सम्वन्धित निकायसंग अपिल गरे।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *