सिरहा :कटुवा पेस्तोल सहित युवक पक्राउ

  • star khabar
  • ४ महिना अगाडि
  • १५ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

स्टार खबर
सिरहा -२९ माघ।

सिरहा प्रहरीले सिरहा नगरपालिका ७ बाट एक थान कटुवा पेस्तोलसहित औरही गाउँपालिका ४ कमलपुरका २१ वर्षिय सरोज कुमार यादवलाई पक्राउ गरेको छ ।

सदरमुकाम सिरहामा डेरा लिएर बस्दै आएका औरही गाउँपालिका ३ का २२ वर्षिय संजिव कुमार यादवसँग विवाद हुँदै गर्दा सिरहाबाट प्र.ना.नि. अमित कुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले सरोज यादवको शरीरमा खानतलासीको क्रममा उनको साथबाट हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

हतियारसहित पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *