स्टार खबर - सिरहा।
सिरहाको बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्य नारायण यादवले (जनवरी-२२) माघ ८ गते सोमबारका दिन गाउँपालिका भरीको मठ मन्दिर लगायत आ-आफ्नो घर–घरमा दिपावली गर्न अनुरोध गरेका छन् ।
५५० बर्षपछि भगवान श्री रामको अयोध्या आगमन हुन लागेको भन्दै घर घरमा दीप प्रज्वलन गरी धार्मिक आस्था बचाउन अनुरोध गरेका हुन् ।

बिष्णुपुर उधोग वाणिज्य व्यापार संघ बिष्णुपुरका पदाधिकारीहरु, बजारका व्यापारीहरु लगायत गाउँपालिका अध्यक्ष यादव सहितकोआपसी छ्लफल गरी माघ ८ गते(२२ जनवरी) सोमबारका दिन भारतको अयोध्यामा भगवान श्री राम मन्दिरको प्राण प्रतिष्ठा हुने भएको अवसरमा दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

बिष्णुपुर गाउँपालिका भरीमा रहेको सम्पुर्ण मठ मन्दिरमा दीप प्रज्वलन लगायत बजारमा रहेको बिष्णु मन्दीरमा २४ सौं घण्टा अस्ट्जाम, टोल- टोलको मठ मन्दिरमा पुजा,
दीप प्रज्वलन ,शान्ति पुर्ण शोभा यात्रा तथा कृतन भजन गरि दिव्य महोत्सव कार्यक्रम गर्न सबै पालिका बासीहरुमा गाउँपालिका अध्यक्ष यादवले आग्रह गरेका छ्न।
Your email address will not be published. Required fields are marked *