स्टार खबर
माघ -१, सिरहा।
सिरहाको नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादव (शिवा) ले सर्वसाधारणकालागि चिसोबाट बाच्नकालागी सार्वजनिक ठाउँहरूमा दाउरा वितरण गरेको
छ ।

पछिल्लो एक सातादेखि चलेको शीतलहर र चिसोले जाडो बढेसँगै जनजीवन कष्टकर बनेको छ । शीतलहर र चिसोसँगै जाडो बढेपछि गरिब तथा विपन्न समुदायका वृद्धवृद्धा, बालबालिका, गर्भवती, सुत्केरीहरू प्रभावित छन् ।
चिसो बढेपछि सिराहा जिल्लाको प्राय स्थानीयतहहरुमा चिसोको कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने उल्लेख गर्दै २ माघसम्मका लागि जाडो बिदा दिएका छन् । चिसोको कारणले हाटबजार, सार्वजनिक स्थलहरूमा चहलपहल घटेको छ ।

यस्तै चिसो बढेपछि नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादव ( शिवा)ले सर्वसाधारणकालागि सार्वजनिक ठाउँहरूमा दाउरा वितरण गरेको छ ।
सर्वसाधारणको बढी जमघट हुने स्थानहरूमा दाउरा वितरण गरी आगो बाल्न थालेको छ ।

नवराजपुर गाउँपालिका अन्तर्गतका सबै वडा क्षेत्रका प्रायः दलित, गरिब, विपन्नहरूको चिसोले दैनिकी कष्टकर बन्न थालेपछि गाउँपालिकासँगको समन्वयमा वडा कार्यालयहरूले विपन्न बस्तीमा दाउरा बाँड्ने तयारी गरेका छन्।
जाडो बढेपछि जिल्ला विपत् व्यवस्थापन समितिले जिल्ला विपत् पूर्वतयारी प्रतिकार्य योजनाअन्तर्गत जिल्लामा जाडोबाट प्रभावित गरिब, दलित, असहायको संख्या यकिन गर्ने, स्थानीय तहहरूमा दाउरा तथा न्यानो कम्बलको स्टक जाँचलगायतका निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले जानकारी दिए ।
Your email address will not be published. Required fields are marked *