सिरहामा गाडीहरू यात्रुसङ तेब्बर भाडा असुल्छ्न..न दिदा गुंडा शैलीमा भाडा लिन्छन: प्रशासन चाहिँ मौन

  • star khabar
  • ४ महिना अगाडि
  • १८ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा २८ असार
स्टार खबर

सिरहाको सार्वजनिक यातायातमा स्थानीय प्रशासनकै मिलोमत्तोमा एक सवारी चालकले तीग गुणा भाडा लिएको पाइएको छ ।

सिरहाको गोलबजारबाट सिरहाको सदरमुकामसम्म चल्ने एक माईक्रोमा केही दुरीको मात्रै भाडा ३० -४० रुपैयाँ लिएपछि आईतबार एक वृद्ध यात्रुले बढी पैसा न दिन माने पछि माईक्रो चालकले वृद्ध व्यक्तिसङ गुन्डा शैलीमा पैसा लिन प्रयास गरेको थियोे ।
सिरहा चोहर्बा सडक खण्ड अन्तरगत नयाँ चौक चोहर्वा देखी पानबारी चौक सम्मकै ३० रुपैयाँ काटेपछि वृद्धाले भाडाको रकम फिर्ता मागिरहेका थिए ।
त्यहाँ करिब ३ किलोमिटरभन्दा पनि कम दुरीमा ३० रुपैयाँ माग्दा वृद्धले थप रकम फिर्ता मागिरहेको देखिए । भाडाको लागि दिएको १०० रुपैयाँबाट ३० रुपैयाँ काटेर ७० रुपैयाँ फिर्ता दिएपछि उनले हल्ला गर्न थालेको देखिए । सो चौक सम्म मात्र १० रुपैयाँ भाडा रहेकोमा ३० रुपैयाँ बलपूर्वक थर्काएर भाडा असुलेको देखियो ।
गोलबजारबाट सिरहासम्म चल्ने स १ ज २५८ नम्बरको मिनी माईक्रोका खलासीले सो वृद्धलाई कठालो (कालर) समातेर जबरदस्ती ३० रुपैयाँ लिरहेको थियो ।

मिडियाको टिम पुगेपछि माईक्रोका चालकले नयाँ खलासी रहेको भन्दै गलतीले ३० रुपैयाँ काटेको माईक्रोका चालकले स्वीकारे ।
अन्दाजी ७० बर्षीय वृद्धलाई माईक्रोका खलासीले कठालो(कालार) समातेर जबरदस्ती रकम लिरहदाँ माईक्रोममा बसेका अन्य यात्रुहरु भने तमासा हेरिरहेका थियो।
अहिले माईक्रो चलाउन नदिएको तर ट्राफिकलाई मिलाएर चलाएको चालकले बताए ।

चौक चौकमा ट्राफिकलाई समेत रकम मिलाएर दिनुपर्ने भएकोले भाडा बढाएर लिएको चालकले बताए । कोरोनाको कारण बन्द रहेको सार्वजनिक यातायात सिरहामा ट्राफिक प्रहरीको मिलोमत्तो र सेटिँगमा चलेको चालकले खुलाएका छन् ।

सिरहासहित अन्य ठाउँमा चल्ने केही सार्वजनिक यातायातमा यात्रुलाई कोचेर डबल तेब्बर भाडा लिरहेको भएपनि स्थानीय प्रशासनले नजरअन्दाज गरेको देखिन्छ ।
वृद्धको कठालो समातेर भाडा लिएको सवारीलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानले भने खासै यस्तो कम्प्लेन पनि आको छैन हाम्रो ट्राफिकले चेकजाचको क्रममा सोधपुछ गरेका छौ। व्यक्तिगत कसैले पनि यो गुनासो गरेको छैन ।ठिक छ पत्रकारहरुबाट यस्तो गुनासो आएको छ भने हामी सबै आफ्नो स्टेसनहरुमा खबर गरि दिन्छौं ।जस्तो केही थाहानै न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानका प्रहरी नायब निरीक्षक रामकुमार यादवले बताए ।

यता निषेधाज्ञा मिचेर सार्वजनिक सवारी साधन चलेको र यात्रुहरूको बाध्यताको फाइदा उठाएर सर्वसाधारण यात्रुबाट मनपरी भाडा उठाइरहेको विषयमा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले भने यात्रु बोक्नै न पर्ने हो यात्रु कोचेर भाडा मनपरी लिने चौतर्फी खबर आएको छ।यही विषयमा आज सुरक्षा निकायको सबैलाई बोलाएर यस विषयमा छ्लफल गरीने छौ र चाडै नियन्त्रण गर्ने उनले बताए

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *