सिरहा: कर्जन्हा नपामा महिला तथा बालिकामाथि हुने हिंसा सम्वन्धि वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • star khabar
  • ४ महिना अगाडि
  • १२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा, २० पुस।
सिरहाको कर्जन्हा नगरपालिका २ बन्दिपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी महतो माध्यमिक विद्यलयमा महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यकालागि माध्यमिक विद्यालयका विद्यार्थीद्वारा आयोजिक वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ।

प्रतियोगितामा सहभागीमध्ये १२ कक्षामा अध्ययनरत सरिता यादव प्रथम, सुजन राउत दोस्रो र सर्मिला शर्मा तेस्रो भएका थिए।

उनीहरुलाई एक थान झोला र एक दर्जन कापी (अभ्यास पुस्तिका) प्रदान गरिएको थियो भने, सहभागी सवैलाई एक–एक दर्जन कापी प्रदान गरिएको थियो। प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत १७ जना छात्र–छात्रा सहभागी भएका थिए।

प्रतियोगिता समापानको क्रममा विद्यालयका प्रधानाध्यापक भानु भक्त गौतमले महिला हिंसा र त्यसबाट बच्न अपनाउनुपर्ने उपायबारे विद्यार्थीहरुलाई सुझाए। हाम्रो समाजमा हिंसामा परेपनि नबोल्ने, लुकाउने चलन रहेको भन्दै सवैजनाले हिंसा नगर्ने र नसहने प्रतिज्ञागरे महिला, बालिकासहित सबैदखालका हिंसा अन्त्य भएर जाने बताए।

सोही क्रममा दलित महिला केन्द्र नेपाल (सीडीडब्लुएन) का अन्जाना पूर्वेले सवैको साझा प्रयासबाट महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्न सकिने बताए। उनले कुनै एक व्यक्ति, समुदाय वा संस्थालेमात्र अन्त्यगर्न नसकिने भन्दै सवैको साझा प्रयास आवश्यक रहेको बताए।

उनले हिंसा प्रभावित महिलाहरुको पक्षमा संस्थाले काम गरिरहेको बताउँदै गाउँ, घर, समाजमा रहेका हिंसा पीडित महिलाहरुलाई संस्थाले आवश्यक सहयोग गर्ने बताए।

कार्यक्रममा विद्यालयका शिक्षक, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो। विद्यार्थीद्वारा सीडीडब्लुएनको सहयोग तथा सहकार्यमा विद्यालयका विद्यार्थीहरुले कार्यक्रमको आयोजना गरेका थिए।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *