स्टार खबर-१७ पुस, सिरहा।
सिरहाको नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादव(शिवा)काठमाडौमा सम्मानित भएका छ्न।
सिरहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नं ४ नहरनिया हाल काठमाडौं बस्दै आएका उच्च बौद्धिकत्व र मैथिली भाषाका विज्ञ् र शिक्षा क्षेत्रलाई नयाँ उचाइमा समेत पुर्याउन सफल हुनु भएका लेखक तथा प्रोफेसर डा.योगेन्द्र प्रसाद यादवद्वारा नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादव(शिवा)लाई उच्च स्वागतका साथ सम्मान गर्नुका साथै डा. यादव द्वारा लिखित मैथिली,नेपाली,अंग्रेजी पुस्तक एबं शब्दकोशहरु उपहार स्वरुप प्रदान गरिएको छ।

पालिका भरी शिक्षामा सुधारसँगै पालिकाको उन्नती र प्रगतिकालागी सरसल्लाह सुझाव र आफ्ना अनुभवहरु साट्दै उपलब्धि मुलक भेटघाट भएको जानकारी अध्यक्षको स्वकीय सचिव कृष्ण यादवले बताएका छन ।
त्यसै गरी गाउँपालिका अध्यक्ष यादव आजै आफ्ना टिम सहित त्रिभुवन युनिभर्सिटी पुगेर त्यहाँ अध्यनरत उर्जावान युवा बिद्यार्थीहरुसंग शिक्षा सम्बन्धि गहिरो छलफल गरी त्यहाँका अनुभव बटुलनुको साथै अंग्रेजी नयाँ बर्ष २०२४ को अवसरमा त्यहाँ अध्ययनरत ऊर्जावान युवा तथा विद्यार्थी साथी,भाईहरु संग नयाँ वर्षको शुभकामना आदान प्रदान साटासाट समेत गरेको बुझिएको छ।

नवराजपुर गाउँपालिका भरीको शिक्षा सुधारका निम्ति समसमायिक विषयहरुमा छलफल गरी उपलब्धि मुलक भेटघाट भएको बताउदै अध्यक्ष यादव अब आउने दिनमा शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्न बिभिन्न ठाउँको अनुभव बटुल्न जरुरी रहेको अध्यक्ष यादवले बताए ।
साथै उक्त टिम द्वारा त्रिभुवन युनिभर्सिटीको केन्द्रीय पुस्तकालय सहित विभिन्न संकायहरुको अवलोकन समेत गर्ने योजना रहेको छ।
Your email address will not be published. Required fields are marked *