सिरहा: परालले पोलेको अवस्थामा शव भेटियो

  • star khabar
  • ४ महिना अगाडि
  • १४ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

स्टार खबर - सिरहा।
सिरहाको धनगढीमाई नगरपालिकामा पुरुषको शव फेला परेको छ। धनगढीमाई नगरपालिका ६ गागनखोला किनारमा परालले पोलेको अवस्थामा परिचय नखुलेको पुरुषको शव फेला परेको हो।

शव रहेको वरपर रगतको टाटा समेत देखिएकाले हत्या गरेर परालले पोलेको हुन सकने वडा अध्यक्ष भगलु महतोले जानकारी दिए। उनले शव रहेको वरपर रगतको टाटाहरु देखिएकोले कसैले मारेरै पराले छोपेर आगो लगाएको हुन सक्ने बताए।

खोलाकिनारमा रहेकाले विहान स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेर थिए। अहिले प्रहरी घटनास्थल मुचुल्का गरिरहेको छ। प्रहरीले सनाखत हुन नसकेको बताउँदै प्रकृतिमुचुल्काको काम भईरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाए।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *