सिरहा:कर्जन्हा नगरपालिका एक वडाध्यक्ष पक्राउ

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

स्टार खबर- सिरहा ।

चुरे र वन क्षेत्रबाट अवैध उत्खनन् रोक्ने अभियानमा उत्रिएको डिभिजन वन कार्यालय लहानले फेरि अर्को कडा कदम
चालेको छ ।
कमला नदीको वन र चुरे संरक्षित क्षेत्रमा उत्खनन् गर्न ठेकेदारलाई गैर कानूनी रुपमा सिफारिस दिएको अभियोगमा कर्जन्हा नगरपालिका वडा नं. १ का वडाध्यक्ष फणिन्द्र प्रसाद पोखरेललाई पक्राउ गरिएको हो ।

वडाध्यक्ष पोखरेल अहिले डिभिजनल वन कार्यालय लहानको हिरासतमा छन् ।
डिभिजनल वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार कमला नदीको बल्टिया क्षेत्रमा संरक्षित चुरे र वन क्षेत्रबाट उत्खनन् गर्ने कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहमद खलिल राइन , स्काभेटर सहित चालक प्रदीप कुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई गत पुष ७ गते नै पक्राउ गरिएको थियो ।

ठेकेदारलाई वन क्षेत्रभित्रबाट उत्खन्न् गर्ने गराउने गरी गैर कानूनी रुपमा सिफारिस दिएको प्रमाण फेला परेपछि वन कार्यालयले वडाध्यक्ष पोखरेललाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ गरिएका व्यक्तिहरु उपर चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा अवैध उत्खनन् गरेको कसुरमा मुद्दा चलाइने सूचना अधिकारी चौधरीले स्पष्ट पारेका छन् ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *