सिरहा, २२ मंसिर।
सिरहाको नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादवले पालिकालाई सवैखालको हिंसामुक्त बनाउन आव्हान गरेका छन्।
३२ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रबार र्याली पछि भएको कार्यक्रममा बोल्दै पालिका अध्यक्ष यादवले महिला, पुरुष, बालबालिका लगायत सवैखालको हिंसामुक्त पालिका बनाउन सवैले आ–आफ्नो घरबाट थालनी गर्नुपर्ने आव्हान गरेका हुन्।
अध्यक्ष यादवले हामी सबैले ‘म हिंसा गर्दिन र गर्नपनि दिन्न’ भन्ने भावना राखे लैङ्गित हिंसा आफै अन्त्य भएका जाने बताए। उनले भने, ‘म आज आफै प्रतिबद्धता गर्दछु, मेरो घर परीवारमा बालबालिका, महिला, पुरुष कसैमाथि हिंसा गर्दिन र हिंसा गर्न दिन्न। सवैले यहि भावनाको विकास होस भन्न चाहन्छु।’

‘उनले गाउँपालिकालाई महिला, पुरुष, बालबालिका लगायत सबै प्रकारका हिंसाबाट मुक्त गराउनु छ भन्दै अध्यक्ष यादवले भने, ‘हामीले हिंसामुक्त समाज निर्माणको लागि आवश्यक जनचेतना र सुधारका कार्यक्रमहरु गर्दै आएका छौं, अवको दिनमा त्यसलाई अझ प्राथमिकताका साथ अगाडी बढाउँछौं। चेतनाको विकाससँग हिंसाको घटना घटेर जानेमा म विश्वस्त छु।’
सोही क्रममा पालिका उपाध्यक्ष गुलाव देवि चौधरीले मधेशमा सवैभन्दा धेरै दहेजकै कारण लैङ्गिक हिंसा हुने गरेको बताए। उनले दहेका कारण छोरी, ज्वाई, सासु, ससुरा सवै हिंसाका शिकार भएका छन्, यस्ता खालका कुरीति समाधानका लागि कानुन कार्यान्वयन र जनचेतना दुवैको खाचो रहेको बताए।

कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत रमेश कुमार जोशी, वडा नम्वर २ का वडा अध्यक्ष सम्झना सिंहसहितका जनप्रतिनिधी, कर्मचारी, विद्यार्थी, शिक्षक, सुरक्षाकर्मी तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो।
नरहा गाउँ पलिकाको आयोजना र दलित महिला केन्द्र नेपाल (सीडीडब्लुएन)सँगको सहकार्यमा सम्पन्न ३२ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आजको अन्तरकृयाको सहजीकरण सीडीडब्लुएनका अन्जना पूर्वेले गरेका थिए।
लैङ्गिक हिंसा अन्त्यको घोषणासहितको विभिन्न नारा सहितको र्यालिमा पालिका अध्यक्ष यादव, उपाध्यक्ष चौधरी, प्रमुख प्रशासकिय अधिकृत सहितका जनप्रतिनिधी, कर्मचारी, विद्यार्थी, सुरक्षाकर्मी, सञ्चारकर्मी सहभागी भएका थिए। र्याली करिव पाँच किलोमिटरभन्दा दुरीपारगरेका थिए।
Your email address will not be published. Required fields are marked *