सिरहा: मोटरसाईकल सहित कमला पूलबाट खस्दा एक युवक गम्भीर घाइते

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा -१३-मंसिर ।
धनुषा र सिरहा जोडने हुलाकी राजमार्ग अन्तर्गतको भत्केको कमला पूलबाट एक युवक मोटरसाईकल लिएर खसेपछि गम्भिर घाईते भएका छन् ।

मँगलबार अपरान्ह धनुषाबाट सिरहा जाने क्रममा भाँसिएको कमला पूलबाट मोटरसाईकल पार गर्न खोज्दा मोटरसाईकलसहित खसेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
सो क्रममा उनको टाउकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।
घाईते हुनेमा सिरहा नगरपालिका वडा नम्बर १० नरहैया बस्ने लाटे कामतिका छोरा वर्ष ३५ को सुरेन्द्र कामति रहेका छन ।
धनुषाबाट सिरहा आउने क्रममा कमलाको भत्केको कमला पुलमा अचानक लडेर घाईते भएका छन ।

घाईते कामतीको प्रादेशिक अस्पताल सिरहामा उपचार गराई थप उपचारकोलागि विराटनगर रिफर गरिएको सिरहा नगर प्रहरीका ईन्चार्ज विश्व बुढाथोकीले जानकारी दिए ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *