सिरहा, १३ मंसिर।
सिरहा प्रहरीले आफ्नै श्रीमती हत्या गरेको आरोपमा एक युवकलाई नियन्त्रणमा लिएको छ। सिरहा नगरपालिका १५ सुखचैनाका ४० वर्षिय देवेन्द्र यादवलाई श्रीमती ३० वर्षिया संजिता कुमारी यादवको हत्या अभियोगमा पक्राउ गरेको हो।
गत विहिवार ७ गते श्रमती हत्या गरी फरार रहेको यादवलाई इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलिले भारतीय सीमा नजीकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेले जानकारी दिए।
घरायसी विवादका क्रममा श्रीमानले इँटा र बाँसको भाटाले मरणासन्न हुने गरी कुटपीट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
कुटपीट पछि उपचारकोलागि छिमेकी भारतीय बजार जयनगर लगेको सूचना प्राप्त हुनासाथ प्रहरीले खोजतलास र अनुसन्धान गर्दा हत्या गरी भारततर्फ लगेको खुलेको बताएको छ।
यादवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा भारतको मधुबनी जिल्लाको खजौलि थाना अन्तर्गत सलरा भन्ने ठाउँको झाडीमा फालेको खुल्न पछि भारतीय प्रहरीको सहयोगमा शव खोजतलास गरी फेला परेको प्रहरीको भनाई छ। प्रहरीले आवश्यक प्रकृया पुरा गरी शव ल्याएको जानकारी दिए।
शव पोष्टमार्टम पछि परीवारको जिम्मा लगाएको छ। उनीहरुको ५ जना छोरा छोरी छन्।
प्रहरीले सिरहा जिल्ला अदालत बाट म्याद थपगरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Your email address will not be published. Required fields are marked *