सिरहा, १२ मंसिर।
सिरहाको विष्णुपुर गाउँपालिकाका शिक्षक कर्मचारीहरु लामो समयसम्म तलव भत्ता नपाएको भन्दै विद्यालय बन्द गरेर गाउँपालिका अध्यक्षको कार्यकक्षमा धर्नामा बसेका छन्। यहाँका शिक्षक कर्मचारीहरुले तत्काल तलव पाउनुपर्ने माँगसहित बिष्णुपुर गाउँपलिका प्रमुख सत्य नारायाण यादवको कार्यकक्षमै धर्ना दिएको हो।
यहाँका सवै शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारीहरु कसैले नयाँ आर्थिक वर्ष २०८०/०८१ को साउन देखि अहिलेसम्म तलव पाएको छैन।

दशैंसम्म गाउँ शभा नभएकोले तलव खुवाउन समस्या भएको बताउँदै आएको पालिकाले अहिले लेखाका कर्मचारी नभएको भन्दै तलव निकासा दिन नसकिएको बताउँदै आएको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालयले पठाएको कर्मचारीलाई अध्यक्ष यादवले नै हाजिर हुन नदिएपछि अहिले विष्णुपुर गाउँपलिका लेखा विहिन रहेको छ। अध्यक्ष यादवले आफू अनुकुलको लेखाका कर्मचारी नभएकाले उनलाई हाजिर हुन नदिएको त्यहि कार्यरत एक कर्मचारीले बताए।
ती कर्मचारीले भने, ‘कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाले एक जना लेखाका कर्मचारी पठाएको थियो, अध्यक्षले नै हाजिर हुन दिनुभएन। अहिले लेखा नभएका कारण तलव समेत खान पाइएको छैन।’
धर्नामा बसेका जनता माध्यमिक विद्यालय, विष्णुपुर -१ गौरीपुरका शिक्षिका ललिता कुमारी पासवानले हामीले ६ महिना देखि तलव भत्ता नपाएपछि विद्यालय बन्द गरेर धर्नामा बस्न बाध्य भएको बताए।
उनले भने, ‘पहिला दशैंमा तलव आउँ छ भन्नुभयो, दशैं सकियो, तिहारमा आउँछ भन्नुभयो तर दशैं, तिहार र छठ सवै सकियो तर हामीले अझैसम्म तलव भत्ता नभएकाले पठन–पाठन बन्दगरेर यहाँ बस्नु परेको छ।’
जनता माध्यमिक विधालय राजपुरको शिक्षक जागेश्वर कामतिले दशैं, तिहार र छठजस्ता नेपालीहरुको महान चाड पर्वमा पनि यस गाउँपालिका अन्तर्गत कुनै कर्मचारीलाई तलव खुवाएन। पहिला गाउँ परीसद भएको छैन भन्थ्यो, अहिले एकाउन्टेन्ट छैन भनेर हामीलाई तलव भत्ताबाट बञ्चित गराएको छ। त्यसैपनि हामी तीन चार महिनामा तलव खाने कर्मचारी हौं। त्यो पनि समयमा नपाउँदा हामी मर्कामा परेका छौं।’
‘निश्चय पनि विद्यालय बन्द गरेर यहाँ बस्नु उचित होइन। तर, हामीले खाली पेटले कतिदिनसम्म काम गर्न सक्छौं? भन्दै शिक्षक कामतीले भने, ‘यो अवस्था सहज बनाउने यहाँका गाउँपालिका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी हो। उहाँहरुले जति छिटो समाधान गर्यो विद्यार्थी, शिक्षक सवैले त्यति छिठो राहत पाउँछन्।’
यस गाउँपालिकामा शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी सहित करिव दुई सय ५० जना कार्यरत रहेको छ।
यस सन्वन्धमा गाउँपालिका अध्यक्ष यादवलाई कहिलेसम्म कर्मचारीले तलव पाउँछ भनि सोध्दा उनले भने जहिले लेखा पाल आउँछ, त्यहि दिन सवैले तलव पाउँछ भन्ने ओठे जवाफ दिए।
प्रमुख प्रशासकिय अधिकृत शैलेश यादवलाई फोन गर्दा उनले फोन उठाएनन्।
शिक्षक कर्मचारी धर्नाकालागि कार्यकक्षमै पुगेपछि अध्यक्ष यादवले भने कार्यकक्ष छोडेर हिडेको उनीहरुको आरोप छ।
Your email address will not be published. Required fields are marked *