मंसिर -६ सिरहा।
सिरहा नगरपालिकामा पर्ने सन्हैठामा दुई मोटरसाइकलमा आपसमा ठोक्किँदा एकै वडाका तीन जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
हुलाकी सडकमा पूर्वबाट पश्चिमतर्फ जांदै गरेको स २ प ४७३१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको प्रदेश २-०१-००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो ।
उक्त घटनामा तीन जनाको मृत्यु र एकजना घाइते भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार अर्नमा गाउँपालिका ५ का २७ वर्षीय दिनेश कुमार यादव, ३२ वर्षीय रामबृक्ष यादव र १९ वर्षीय मुकेश सिंहको मृत्यु भएको छ । सोही ठाउँका १५ वर्षीय यूवराज कुमार यादव गम्भीर घाइते भएका छन्।
घाइते यूवराजको उपचार सिरहा प्रादेशिक अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको न्यूरो अस्पताल रेफर गरिएको डिएसपी पाण्डेले जानकारी दिए ।
को कुन मोटरसाइकलमा सवार रहेको कुरा खुल्न सकेको छैन् । तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर ठोक्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।
Your email address will not be published. Required fields are marked *