सिरहा, १५ कात्तिक।
तलव–भत्ता माँग गर्दै विष्णुपुर गाउँ पालिकाका कर्मचारीहरु ४ बुदे माँगसहित धर्नामा बसेका छन्। नयाँ आर्थिक वर्ष सुरुभएदेखि हालसम्म तलब–भत्ता उपलब्ध नगराएको भन्दै पालिकाभित्रका शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरु कामकाज ठप्प गरी गाउँ पालिका अध्यक्षको कार्यकक्ष अगाडि धर्ना बसेका हुन्।
कर्मचारीले आर्थिक वर्ष ०८०÷८१ को गाउँसभा सम्पन्न गरी यस गापा अन्तर्गतको सम्पूर्ण कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीको तलव भत्ता तत्काल निकासाको शुनिश्चितता गर्नुपर्ने, विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा थप जनशक्तिको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य संस्थाहरुमा अति आवश्यक औषधीहरुको परिपुर्ति गर्नुपर्ने र यस गाँपाको आर्थिक प्रशासन, विकास निर्माण लगायतका अन्य मागँहरु पुरा गर्ने शुनिश्चिततासहित चार बुदे माँगराँखदै आजबाट २१ गते सम्मको लागी धर्नामा बसेको शिक्षा शाखा अधिकृत दिपनारायण यादवले जानकारी दिए।
उनले भने, ‘हामीले लामो समयसम्म जनप्रतिधीहरुले गाउँ सभासम्पन्न गरेर तलव भत्ता खुवाउने अवस्था नदेखेपछि आफूहरु धर्नामा बस्न बाध्य भएका हौं।’
जनप्रतिधीले समय कमभएकोले दशैं लगतै तलव भत्ता खुवाउने जनाएपनि नगरसभा हुने कुनै छाटनददिएको कर्मचारीहरुको भनाई छ।
दशैंजस्तो महत्वपूर्ण पर्वमा पनि तलव भत्ता नखुवाएपछि कर्मचारीहरुले १४ गते सम्ममा सम्पूर्ण कर्मचारीहरुको तलब भत्ता निकासा नभए धर्नामा बस्ने चेतावनी सहितको ज्ञापनपत्र गाउँ पालिका अध्यक्ष सत्यनारायण यादवलाई बुझाएका थिए।
गाउँपालिकामा शिक्षक, स्वास्थ्यकर्मीसहित दुईसय ५० कर्मचारी रहेको प्रमुख प्रशासकीय अधिकृत शैलेश यादवले जानकारी दिए।
जनप्रतिनिधिहरुको आन्तरिक द्धन्द कारण अझैसम्म गाउँसभा सम्पन्न हुन नसक्दा कर्मचारीलाई तलव खुवाउन समेत समस्या भएको प्रशासकीय अधिकृत यादवले बताए।
यस सम्वन्धमा गाउँपालिका अध्यक्ष यादवसँग सम्पर्क गर्दा उनले आफू अहिले कामविशेषले कार्यालय बाहिर रहेकाले प्रतिकृया दिन चाहेनन्।
Your email address will not be published. Required fields are marked *