सिरहा: बिष्णुपुर दुर्गा मन्दिरमा विधिपूर्वक खोईछ भरिदै

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा-कार्तिक ५ ।
सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ बिष्णुपुर बजारमा रहेको दुर्गा भवानीको मन्दिरमा विधिपूर्वक खोईछ भर्ने पूजा जारी रहेको छ ।

दशैको शुरुवात सँगै मधेशका विवाहित महिलाहरुले स्थानिय स्तरमा रहेको विभिन्न शक्तिपीठहरुमा नियम निष्ठापूर्वक धान , बेसारको डल्ला, सिन्दूर, सुपारी, पान लगाएतका पूजा सामाग्री दुर्गा भवानीलाई विशेष अनुष्ठानका साथ चढाईने प्रथालाई खोइँछ भर्ने भनिन्छ ।

खासगरी बिबाहित महिलाहरुले विभिन्न प्रकारका नयाँ बस्त्रमा पूजा सामग्री फलफूल, चुनरी, लड्डु, पान, सुपारी लगायतका सामग्रीसहित खोइछ भर्ने प्रचलन रहिआएको छ ।

आज बिष्णुपुर बजारमा रहेको दुर्गा मन्दिर अगाडि चोखो वस्त्र ओच्छयाएर त्यसमाथि पान, सुपारी, नरिवल, सिन्दुर, चुरा, र पुजा सामग्री राखेर पति र सन्तानको दिर्घायुको कामना गरेर ‘खोइछ भर्ने’ कार्य अन्तर्गत बिहानदेखि बिष्णुपुर बजारको दुर्गा मन्दिरमा भरिभराउ रहेको छ ।

साथै स्थानिय गाउँहरूबाट खोइछ भर्नका लागि आएका श्रद्धालु भक्तजनहरूको भिड मन्दिर परिसरमा लागेको अवस्था रहेको देखिएको
छ ।

दुर्गा भवानीको मन्दिर अगाडि दुर्गाको भवानीको सामुन्ने केराको पात वा कपडामा पानसुपारी, मिठ्ठा, चामल सहितको सामग्री सात ठाउँमा राखेर खोइछ भर्ने परम्परा रहेको छ ।खाेइछ परम्परा अनुसार कुमारी भोजन पनि गराइने प्रचलन रहिआएको छ ।

बिष्णुपुर बजारमा दशैको घट्स्थापना देखि नै बजार सजिएको अवस्था रहेको छ , भने साझ आयोजना हुँदै आएको मिथिला झिझिया नृत्य प्रतियोगिताले स्थानिय बजारमा हर्षोल्लास वातावरणको महसुस गरिएको छ।साथै उक्त कार्यक्रम हेर्न छिमेकी पालिकाहरुबाट समेत मान्छेहरुको घुइँचो लागेको हुन्छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *