सिरहा :झिझियामा सहभागी बालिकामाथी बलात्कारको प्रयास

  • star khabar
  • ४ महिना अगाडि
  • ११ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा, ५ कात्तिक ।
सिरहाको लक्ष्मीपुर पतारीमा झिझियामा सहभागी भई घर फर्किरहेको अवस्थामा एक बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको छ ।

लक्ष्मीपुर पतारिको रामपुर स्थित दुर्गा मन्दिरमा आयोजित झिझिया कार्यक्रममा सहभागी भएर आफ्ना साथीहरुसंग घर फर्किने क्रममा बालिकामाथि युवाहरुको समूहले उक्त ठाउंमा रहेको कलभर्टमा लगेर अभद्र व्यवहार गरिएको बताइएको छ ।

घर फर्किने क्रममा १७ वर्षीय बालिकाले आफूलाई पिसाव लागेको भन्दै आफूसँग रहेको साथीलाई पर्खिन लगाएर पिसाब गर्न लाग्दा युवाहरुले उनलाई उक्त ठाउँबाट नियन्त्रणमा लिएर हातले मुख थुनेर बलात्कारको प्रयास गरेको दावी छ ।
पीडितले आफ्नो कुहिनाले धकेलेर मुख खोल्न सफल भएर बालिकाको मुखबाट रोएको आवाज सुनेपछि बाटोमा उनलाई पर्खेर बसेका साथीले रोई कराई गर्दा स्थानिय जम्मा भएपछि उनलाई नियन्त्रणमा लिएका थिए। युवाहरु फरार भएका थिए।
आफूलाई नियन्त्रणमा लिएको मध्ये दुई जनालाई आफूले चिनेको बताउने बालिकाको खुट्टामा चोट लागेको छ ।

घटनाको बारेमा जानकारी दिँदै पीडीतले ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा मोबाईल सम्पर्क गरेपनि प्रहरी तत्काल घटनास्थलमा पुग्न नसकेको उनको आरोप छ ।

यता इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारले आफूले त्यहांका वाडा अध्यक्षलाई फोन सम्पर्क गर्दा वाडा अध्यक्षले आफूलाई घटनाको बारेमा केही थाहा नभएको बताएपछि उक्त ठाउँमा प्रहरी ढिलो पुगेको प्रहरीले जनाएको छ ।

आज विहान पीडितहरु ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी पुगेर ठाडो निवेदन दिएपछि घटनामा संलग्न भनिएको सञ्जय कुमार रामलाई दिनको १२ बजेर १५ मिनेटको समयमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनासँग सम्बन्धित अन्य फरार रहेको छ।

फेसबुकमा स्थानीय विनोदकुमार ठाकुर ले चाडपर्वमा हुने नया नया परिवर्तनले समाजलाई गलत दिसातीर लादैछन् । पहिले दशैं तिहारमा समाजिक कल्चर झल्काउने पुरुष कलाकार द्वारा नाटक मञ्चन गरिन्थे तर अहिलेको नयाँ पुस्ताहरु अश्लिल गीतमा उतेजित नृत्य दिदिबहिनीहरु नाच्ने चलन बन्द गर्नुपर्छ नत्र हाम्रो समाजमा भोलिका दिनमा सनातन हिन्दू धर्म मासिने छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *