
सिरहा-कार्तिक ५ ।
सिरहाको लहानमा रहेको माखन भोग होटल को खानामा किरा भेटीएको छ।
लहानको पशुपति आदर्श माविको अगाडि पूर्वपट्टी रहेको माखन भोग होटलमा बारम्बार खानामा मानिसको स्वास्थ्यलाई प्रत्यक्ष्य असर पर्ने गरी किरा जन्य वस्तु फेला पर्न थालेका
छन ।
लहानको चर्चित होटलको रूपमा रहेको उक्त होटल अन्य होटल भन्दा महँगो हुनका साथै होटलको सरसफाई खस्किएको अवस्थामा रहेको पाईएको छ ।
पटक पटक विवादित बन्दै आएको यस होटलको सरसफाई प्रति निकाय बेखवर हुँदा होटेलमा लापरवाही बढिरहेको छ ।
उक्त होटलमा चिया , नास्ता, खाना लगायत मिठाई जन्य वस्तुको किनमेल र खादा ग्राहक वर्गको खानामा कुनै न कुनै अखाद्यय वस्तु भेटिरहने आम गुनासो रहेको पाईन्छ ।
कानुनलाई चुनौती दिँदै आएका उक्त होटलमा कुनै अनुगमन नहुनु र सञ्चालक माथि हालसम्म कुनै कारवाहीको प्रक्रिया अगाडि नबढाउनुले स्थानिय प्रशासनको कमजोरी उदाङ्गिएको देखिन्छ ।
दशैं तिहारको समयमा हुने कालोबजारी नियन्त्रणका लागि सरकारले चालेको कदम प्रति स्थानिय प्रशासन गम्भीर नहुँदा लहानको यस होटलमा ग्राहक र समाजलाई चुनौती दिँदै मिसावट खाद्य वस्तु बिक्री हुँदै आएको छ ।
लहानको महँगो होटलको रूपमा परिचित यस होटलमा बिक्री हुँदै आएको बस्तुहरूबाट अध्यधिक फाईदा लिन पल्केका होटल सञ्चालक प्रति निकाय हालसम्म बेखवर हुनु चिन्ताको विषय हो ।
Your email address will not be published. Required fields are marked *