
सिरहा,२४ असोज ।
हमास समूहको आक्रमणमा परि ईजराइलमा मारिएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धान्जली अर्पण गरिएको छ । मातृभुमी युवा समाज नेपाल र जागृति नेपाल अर्नमा गाउँपालिका ५ सिरहाको संयुक्त आयोजनामा सिरहाको थाना चौकमा श्रद्धान्जली अर्पण गरिएको हो ।
हार्दिक श्रद्धान्जलीको आकारमा मैनवति प्रज्जवलन गर्दै सहभागीहरुले मृतक विद्यार्थीहरुका आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण समेत गरिएको मातृभुमी युवा समाज नेपालका अध्यक्ष मनिष कुमार यादवले बताए ।
अहिंसा पर्मो धर्म भन्दै आक्रमण कार्यलाई सहभागीहरुले भत्र्सना गरेका छन् । कुनै कुरा अघि सार्न अनेक शान्ति पद्धति हुँदा–हुँदै त्यसलाई छाडेर हिंसाजन्य आक्रमण गर्नु दुःखद् भएको उनीहरुले अर्थाएका छन् । अनाहकमा कसैको ज्यान जानु अति दुःखद् पक्ष भएको उनीहरुले बताएका छन् । हमासको आक्रमणमा ईजराइलमा मारिएकाहरुप्रति श्रद्धान्जली र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएका हुन् ।
हमासको आक्रमणमा परि ईजराइलमा आन्नद साह, गणेश कुमार नेपाली, पद्म थापा, प्रवेश भण्डारी, राजेश कुमार स्वर्णकार, राजन फुलारा, लोकेन्द्र सिहं धामी, नारायण प्रसाद न्यौपाने, आषिश चौधरी, दिपेशराज विष्ट गरी दश जना नेपाली विद्यार्थीहरु ज्यान गएको थियो भने अन्य घाईते भएका छन् ।
श्रद्धान्जली कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक रविन्द्र राज पाण्डे, वडा प्रहरी कार्यालय सिरहाका प्रमुख बिश्वबाबु बुढाथोकी, सामाजिक अगुवा सम्भु साह, अभियान्ता युवाहरु अविनास पूर्वे, सुमित कुमार यादव, विकास साह, रुपेश यादव, राकेश यादव, कृष्णा यादव, राजु मुखिया, शशि कुमार मण्डल, शतिस मण्डल, संचारकर्मी अमर पासमान, सुरेन्द्र कुमार कामति लगायत सैकडौं व्यक्तिहरुको सहभागी रहेको थियो ।
Your email address will not be published. Required fields are marked *