सिरहा :घाँटी काटी हत्या गरि फरार ब्यक्ति ६ बर्ष पछि पक्राउ

  • star khabar
  • ४ महिना अगाडि
  • १२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा, २२ असोज।
सिरहा प्रहरीले हत्या अभियोगका फरार युवकलाई प्रहरीले पक्राउ गरेको छ।

कर्जन्हा नगरपालिका १० का शशि भूषण प्रसाद साहहत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मिर्चैया नगरपालिका १ का २७ वर्षिय नन्दा भन्ने उमेश उराउलाई पक्राउ गरेको हो। साहको २०७४ असोज २३ गते आफ्नै घरमा घाटी रेटी हत्या भएको थियो।

उराउँलाई जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाकोे संयुक्त टोलीले मिर्चैया नगरपालिका १ घरबाटै नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि कारवाहीको लागि सिरहा जिल्ला अदालतमा पठाइएको सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए।

साहलाई निजकै घरमा नन्दा भन्ने उमेश उराव समेतका व्यक्तिहरुले रिसिईवी राखि धारिलो हतियारले प्रहार गरी घाँटी काटी कर्तव्यगरी हत्या घटनामा संलग्न रहेका व्यक्तिहरु मध्ये सोमन भन्ने राम ईश्वर कापर केवट र रुपेश यादवलाई यसअधिनै पक्राउ गरेको थियो थियो।
जिल्ला अदालतले उनीहरु दुवैजना विरुद्ध जन्म कैद फैसला गरेको थियो। निजहरु दुबै जना हाल कारागारमा छन्।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *