सिरहाको चोहर्वा आर्मी व्यारेक स्थित नवनिर्मित भवनबाट सर्पदंश उपचार सेवा सञ्चालन

  • star khabar
  • ४ महिना अगाडि
  • १२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा-१८ असोज।

सिरहाको चोहर्वास्थित नेपाली सेना बहादुर श्री शेर गणको परिसरमा नवनिर्मित सुविधा सम्पन्न भवनबाट सामुदायिक सर्पदंश उपचार सेवा सञ्चालनमा आएको छ ।

सामुदायिक सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिको समन्वय तथा बहादुर श्री शेर गणको पहलकदमीमा जिल्लाका विभिन्न पालिका, कार्यालय तथा व्यक्तिहरुको सहयोगमा निर्मित १० शैय्याको सर्पदंश उपचार केन्द्रबाट १५ गते सोमबार देखि सेवा सञ्चालनमा ल्याइएको
हो ।

श्री मध्यपूर्वी पृतना, बर्दिवासका पृतनापति उपरथी प्रेमध्वज अधिकारीले असोज १५ गते सोमबार एक कार्यक्रमका बीच नवनिर्मित भवनको उद्घाटन गर्दै नेपाली सेनाले हाल प्रदान गरिरहेको उपचार सेवा भवन निर्माणपछि थप सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

उपरथी अधिकारीले सर्पले डसेमा समयमै उपचार नपाउँदा अहिले पनि सो क्षेत्रका नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने समस्यालाई मनन गर्दै नेपाली सेनाले सर्पदंशसम्बन्धी उपचार तथा सचेतानाका कार्यक्रम सञ्चालन गरिरहेको पनि जानकारी दिए ।

गोलबजार नगरपालिकाका प्रमुख श्याम श्रेष्ठ, धनगढीमाई नगरपालिकाका प्रमुख शिवशङ्कर महतो, अर्नमा गाउँपालिका प्रमुख अशोक यादव लगायत स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरुले सर्पदंश उपचार केन्द्र भवन निर्माणमा खेलेको भूमिकाकालागि धन्यवाद दिए ।

उनीहरुले आगामी दिनमा पनि स्थानीयलाई लाभ हुने सामाजिक क्रियाकलापमा स्थानीय तहले निरन्तर नेपाली सेनासँग सहयोग र सहकार्य गर्ने बताए ।

व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार साहले विसं २०७२ देखि भवन निर्माण सुरु भएकामा विसं २०७० को संविधानसभा निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संसद् विकास कोषबाट करिब रु १० लाख, स्थानीय पालिका, प्रदेश सरकारलगायत निकायबाट सहयोग प्राप्त गरी करिब रु डेढ करोडको लागतमा भवन निर्माण सम्पन्न भएको जानकारी दिए ।
सभार:-हाम्रा कुरा

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *