
सिरहा-१६- असोज ।
सिरहाको बिष्णुपुर गाउँपालिका स्थानीय तहका कर्मचारीहरु हातमा कालोपटी बाँधेर कार्यलको कामकाज सञ्चालन गरेको छ ।
केन्द्रिय आन्दोलनको कार्यक्रम अनुसार आज कालो पट्टी बाँधेर आन्दोलन गरिरहेको बिष्णुपुर गाउँपालिकाको शिक्षा शाखा प्रमुख दिप कुमार यादवले बताउनुभयो ।
उहाँको अनुसार स्थानीय तहका कर्मचारीहरु "प्रशासनिक संघीयता पूर्ण कार्यान्वयनको आधार, तीनै तहको कर्मचारीको समान अधिकर" भने मूल नाराका साथ देशैभरीको स्थानीय तहका कर्मचारीहरु आन्दोलित रहेका छन् ।
संघीय निजामती ऐनको सट्टा एकिकृत निजामती सेवा जारी गर्नुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद स्थानीय सेवाको नै रहने व्यवस्था गर्नुपर्ने, स्थानीय तहको कार्यरत कर्मचारीहरुको कल्याण कोषको अनिवार्य व्यवस्था गर्नुपर्ने, तीनै तहको कर्मचारीहरुको वृति विकासको व्यवस्था गर्नुपर्ने र अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्था गर्नुपर्ने रहेका छन् ।
१७ र १८ गते काठमाण्डौमा वृहत प्रदर्शन र १९ गतेदेखि अनिश्चितकालीन पेन डाउन कार्यक्रम रहेको छ ।
Your email address will not be published. Required fields are marked *