सिरहा : बस दुर्घटनामा दुई जनाको मृत्यु अन्य घाईते

  • star khabar
  • ४ महिना अगाडि
  • १४ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा -१४ असाेज ।
सिरहा स्थित पूर्व पश्चिम राजमार्गको मिर्चैया सडक खण्डमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।

सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रु बाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा परी अन्य २५ जना घाइते भएका छन भने ती मध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

दुर्घटनामा परी घाइते भएका सबैको गोलबजार स्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी जनकपुर उपमहानगर पालिका वडा नं २० को ५० वर्षीय अनिल कुमार झा र मिर्चैया नगरपालिका वडा नं २ बस्ने ४० वर्षीय राजकुमार सदायको ज्यान गएको मिर्चैया प्रहरीले जनाएको छ ।

दुर्घटना आज दिउसो करिब ३ बजेर १५ मिनेटमा भएको बुझिएको छ,भने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *