सिरहा :रक्त सञ्चार केन्द्र व्यवस्थापन सम्बन्धी छलफल

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा,१९ भाद्र ।
मातृभूमि युवा समाज सिरहाको समन्वयमा प्रादेशिक अस्पताल सिरहा र संस्थाबीच रक्त सञ्चार केन्द्र व्यवस्थापनबारे छलफल भएको छ ।
रक्त सञ्चार केन्द्र व्यवस्थापनबारे प्रादेशिक अस्पताल सिरहाका प्रमुख डा. नागेन्द्र यादव सकारात्मक देखिएको थियो ।

ब्यबस्थित रक्त सञ्चार केन्द्र अस्पताललाई अतिआवश्यक रहेको प्रादेशिक अस्पताल सिरहाका प्रमुख डा नागेन्द्र यादवले औंल्याए । रक्त सञ्चार केन्द्र व्यवस्थापन गर्न अस्पताललाई खेल्नुपर्ने सकारात्मक भूमिकामा कुनै कसर नराख्ने उनले बताए l

रक्त सञ्चार केन्द्रका लागि कोठा ब्यबस्थापन, जनशक्ति ब्यबस्थापन, कार्यालय ब्यबस्थापन,रक्तदान कार्यक्रममा हुने सामान्य ब्यबस्थापन खर्च लगायत अन्य कार्यमा सघाउ पुर्याउने प्रादेशिक अस्पताल सिरहाका व्यवस्थापक सबनम महतोले बताइन् ।
गएको तीन वर्षभित्र संस्थाको समन्वयमा प्रादेशिक अस्पताल सिरहालाई १ हजार ५ सय भन्दा बढि पोका रक्त उपलब्ध गराएको मातृभूमिका अध्यक्ष मनिष कुमार यादवले बताए।

रक्त उपलब्ध गराउने कार्यलाई व्यबस्थित गर्न प्रादेशिक अस्पताल सिरहा संग समन्वय छलफल गरिएको र छलफल सकारात्मक भएको संस्थाका अध्यक्ष मनिष कुमार यादवले बताए।

छलफलमा मातृभूमिका उपा अध्यक्ष अविनाश पूर्वे, कोषाध्यक्ष विकास शाह, एडभाइजर नवीन शाह , सुमित यादव, अमित मुखिया, शसी मण्डल लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *