सिरहा:स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा, १६ भादौ ।
स्रोत नखुलेको ४४ लाखभन्दा बढी रकमसहित सिरहा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिक वडा नं. १७ बस्ने ५२ वर्षीय कोप्रेम कुमार यादब र सिरहा नगरपालिका वडा नं. ७ बस्ने ४२ बर्षीय संजय कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

शक्रवार सिरहा नगरपालिका वडा नं. १७ माडर काली चौक स्थित भारतको जयनगरबाट नेपाल आउने क्रममा गोप्य सूचनाको आधारमा प्रहरी चौकी खिरौना र इलाका प्रहरी कायालय माडरको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ४४ लाख नगद रुपैयाँसहित नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायव रबिन्द्र राज पाण्डे जानकारी दिए ।

यादबले चलाई आउँदै गरेको बिआर ७ एस ४२२४ नम्बरको ह्याण्डय स्यार्टो कारको सिट मुनि लुकाई छिपाई राखेकोको अवस्थामा रकम बरामद गरिएको हो ।

बरामद गरिएको रकमसहित पुरुषलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय, ईटहरी पठाउने प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *