पत्रकार गुप्तामाथि भएको आक्रमण प्रति प्रेस सेन्टरको ध्यानाकर्षण

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा १२ भदौ।
पत्रकार महासंघ सिरहा शाखाका निवर्तमान अध्यक्ष दिनेश्वर प्रसाद गुप्तामाथि नवराजपुर गाउँपालिकामा भएको सांघातिक आक्रमण प्रति प्रेस सेन्टर नेपाल सिरहाको गम्भिर ध्यानाकर्षण भएको छ।

नवराजपुर गाउँपालिका ३ फूलबरिया गाउँपालिकामा रिपोर्टिङ् गर्न गएका मध्ये नेपाल पत्रकार महासंघ सिरहाका निवर्तमान अध्यक्ष समेत रहनुभएका पत्रकार गुप्तामाथि भएको सांघातिक आक्रमण, दुरव्यवहार तथा मोवाबाईल लुटपाट घटनाप्रति सेन्टरको ध्यानाकर्षण भएको हो।

सेन्टरका जिल्ला सचिव मुकेश कुमार यादवद्वारा जारी विज्ञप्तीमा घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानुनी कारवाही सहित पत्रकार गुप्ताको लुटिएको मोवाइल तत्काल फिर्ता गराउन प्रशासन समक्ष जोडदार माँग गरेको छ।

नेपाल सरकारको स्वामित्वमा रहेको फूलबरीया पोखरीमा सोमबार दिउँदो गाउँपालिकाले ठेक्का लगाएको पोखरी खाली गराउन माछा मारिरहेको निषयमा रिपोर्टिङ् गर्न पुगेका पत्रकार गुप्तामाथि सांघातिक आक्रमण, दुरव्यवहार र मोवाबाईल लुटपाट भएको थियो।

माछा मार्ने क्रममा पोखरीमा सरकारको स्वामित्व दावी गरिरहेको पक्ष र गाउँ पालिका कार्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीबीच घम्साघम्सी परिरहेको दृश्य पत्रकार गुप्ताले मोबाईलबाट फोटो, भिडियो खिच्दै गर्दा ‘किन फोटो, भिडियो खिचेको’ भन्दै गरेको आक्रमण कारीहरुले सांघातिक हमला गरेका थिए।

पछिल्ला दिनहरुमा पत्रकारीता असुरक्षित बन्दै गएको छ। पत्रकारमाथि दिनहुँजसो प्रहरी प्रशासन र अन्य क्षेत्रबाट पनि आक्रमण र दुव्यवहार हुँदै आएको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *