
भादौ-७ सिरहा ।
सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा नेपाल प्रहरीको सदा पोसाकको प्रसनी (सई) हुँ भन्दै व्यापारीलाई थर्काउने एक जना पक्राउ परेका छन् ।
नक्कली हतियारसहित एक जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ४० का कुमोद कुमार साह रहेका छन् ।
उनलाई भारतको लदनियाबाट नेपालको दसगजा क्षेत्रमा व्यापारी र स्थानीयलाई थर्काउँदै गरेको अवस्थामा नक्कली हतियारसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल बरियारपट्टीले जनाएको छ ।
व्यापारीलाई धम्क्याएर रकम मागेको साहलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक कृष्ण थापाले बताए ।
Your email address will not be published. Required fields are marked *