
सिरहा , ३०-साउन ।
सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. ४ तेनुवाट्टी बस्ने बर्ष ६५ को फुदन पासवान लगायत अन्य ५-६ जना व्यक्तिहरु लागूऔषध (गाँजा) उत्तरबाट दक्षिणतर्फ लैगदै गरेको ईलाका प्रहरी कार्यालय धनगढी सिरहामा सुचना प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट प्रहरी नायब निरीक्षक सुनिल कुमार सिंहको कमाण्डमा प्रहरी टोली खटी गई निजहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिन खोज्दा फुदन पासवान लगायतका समुहले प्रहरी टोलीलाई देखनसाथ उक्त गाँजा सहित भाग्न लाग्दा निजहरु मध्येका फुदन पासवान लडी टाउँकोमा चोट लागी घाइते भएकोमा निज फुदन पासवानले बोकेको १(एक) वटा पोका र अन्य ५-६ जना व्यक्तिहरुले बोकेको १(एक) वटा पोका छाडी फरार भएकोमा निज फुदन पासवानलाई उक्त लागु औषध(गाँजा)का पोकाहरु सहित नियन्त्रणमा लिई उपचार पश्चात उक्त बरामद लागु औषध (गाँजा) तौल गर्दा ३६ किलो रहेकोमा निज फुदन पासवान उपर लागु औषध ऐन बमोजिम सम्मानित सिरहा जिल्ला अदालतबाट पहिलो पटक दिन ०७ (सात) को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
Your email address will not be published. Required fields are marked *