सिरहा :चक्कु प्रहार गरी हत्या गरेको खुलासा

  • star khabar
  • ४ महिना अगाडि
  • १२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा साउन २९ गते ।
साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या भएको घटनालाई जिल्ला प्रहरी कार्यालय सिरहाले एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । घटनाको डेढ महिनापछि प्रहरीले आइतबार दुई जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।
अभियुक्तहरूमा मिर्चैया नगरपालिका–७ का २२ वर्षीय रविन सदा र मिर्चैया–५ का २० वर्षीय दीपक सदा छन् । खानेपानी संस्थामा सुरक्षार्थ खटिँदै आएका मिर्चैया–८ का ६० वर्षीय किशोरी राय कुर्मीको शव गत असार ११ गते बिहान गर्दनमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको थियो ।
घटनाको अनुसन्धानका क्रममा अभियुक्तहरू कार्यालयभित्र रहेको ल्यापटप चोरी गर्न गएको र सुरक्षागार्ड मृतक रायले प्रतिकार गर्दा उनीमाथि चक्कु प्रहार गरी हत्या गरेको खुलेको सिरहा प्रहरीले जनाएको छ ।
दुबै अभियुक्तले हत्यामा आफूहरूको संलग्नता रहेको स्वीकारेका सिरहाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताए । प्रहरीका अनुसार, दुबै अभियुक्त लागूऔषध सेवनकर्ता छन् ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *