सिरहा: मिटरब्याजी एक महिला पक्राउ

  • star khabar
  • ४ महिना अगाडि
  • १२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg


साउन -२५सिरहा-
सिरहामा चर्को मिटरब्याजको धन्दा चलाउने एकजना मिटरब्याजी पक्राउ परेकी छन् । मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता साह पक्राउ परेकी हुन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।

ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिनुभयो । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जनौं उजुरी छ । मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएकी थिइन् ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *