सिरहा :विद्यालयलाई राजनीतिक गर्ने थलो नबनाउँ :पूर्व राज्य मन्त्री यादव

  • star khabar
  • ४ महिना अगाडि
  • १३ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

बैशाख -२६,सिरहा ।
पूर्व शिक्षा विज्ञान तथा प्राविधि मन्त्री बोधमाया यादवले विद्यालयलाई राजनीतिक थलो नबनाउँन आग्रह गरेकी छिन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठे भवनको शिल्यानाश गर्दै मन्त्री यादवले विद्यालय भनेको शान्ति क्षेत्र हो, यस क्षेत्रमा राजनीतिकको गन्ध आउनु भनेको शिक्षामा सुधार नआउनु हो । मैले यस विघालयमा मन्त्री हुदा पटक पटक विभिन्न शैक्षिक सुधारका कार्यक्रम ल्याए र विगतका दिनमा पनि ल्याइ रहने प्रतिवद्धता व्यक्त गर्दै उनले शिक्षामा राजिनीति गरेको देखेर चित्त दुखेर आएको बताईन । उनले विघालयमा हालसम्म व्यवस्थापन समिति निर्माण नहुनु एक अर्को गम्भीर लापारवाही भएको बताइन ।
एक अर्काे प्रसङ्गमा पुर्व मन्त्री यादबले देशको अवस्था विग्रिदो छ । देशमा संघिय लोकतन्त्र आयो गणतन्त्र आयो तथापि हालसम्म पुरानै शिक्षा ऐन २०२८ साल कै ऐन रहेको प्रति दुःखेसो व्यक्त गरे । उनले अहिले गुगल नभएको भए बच्चालाई अंग्रेजी बोल्न समेत अप्ठयारो हुने बताए ।
कार्यक्रममा अध्यक्षता ग्रहण गरेका वडा नं -२का वडा अध्यक्ष प्रमोद कुमार यादबले शिक्षाबाट नै हामी सबै उच्च पदस्थमा छौ तर राजनितिक दलले आफनो कार्यकर्तालाई उस्काएर शिक्षा क्षेत्रमा विकासका गतिविधिमा बाधा अवरोध गरेको बताए । अध्यक्ष यादबले यो भवन सवैको उपस्थितीमा समिति चयन गरेर सुरु गर्न लागेको बताए । कार्यक्रममा शिक्षक,नेता,अभिभावक,विधाथीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएका छन ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *