
सिरहा,२२ वैशाख ।
सिरहाको गोलबजारबाट करिव १४ केजी लागुऔषध गाँजा सहित दुई युबक पक्राउ परेका छन्।
प्रहरीले गोलबजार नगरपालिका ४ शिवमन्दिर नजिकबाट १३ केजी ८ सय ४० ग्राम गाँजा सहित गोलबजार नपा १ मुक्सारका २६ वर्षिय महेन्द्र साह र वार्ड नम्वर २ का ३६ वर्षिय श्याम कुमार साहलाई पक्राउ गरेको हो।
विशेष सुचनाको आधारमा गोलबजार नपा ४ शिवचौक नजिक पार्किङ गरिराखेको प्र.२–०१–००२ ह. ०२९८ नम्बरको अटोमा लुकाइछिपाई राखेको ५ किलो ८ सय ४० चालीस ग्राम गाँजासहित महेन्द्र साह र प्र. २–०१–००१ ह. १०५६ नम्बरको अटोमा लुकाइछिपाई राखेको ८ किलो गाजासहित वाडा नक्वर २ का श्याम कुमार साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
विशेष सुराकिको अधारमा केन्द्रिय अनुसन्धान लागुऔषध विशेष ब्यूरो र इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख सई बिश्व बुदाथोकीको कमान्डमा खटिएको टोलिले गाँजा सहित दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्रराज पाण्डेले जान्कारी दिए।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सूचना अधिकारी पान्डेले जानकारी दिए।
Your email address will not be published. Required fields are marked *