
सिरहा । बिष्णुपुर गाउँपालिकामा कार्यालय प्रमुख करिब दुई हप्तादेखि नहुँदा गाउँपालिका को सम्पुर्ण कामकाज ठप्प भएको छ।
प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र कुमार महत उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लक्ष्मिपुर पतारि गाउँपालिकामा हुदा भ्रष्टाचार गरेको भनि आरोपपत्र दायर गर्दा निलम्बनमा परेपछि गाउँपालिका प्रमुख बिहिन भएको हो।
रिक्त पदमा कार्यकारी अधिकृत पदस्थापन नगर्दा गाउँपालिका का हरेक शीर्षकका कामकाज चौपट भएको सेवाग्राहीले गुनासो गरेका छन् ।
घर नक्सा, संघसंस्था दर्ता, आर्थिक र प्रशासनिक कार्य सम्पादन , कार्यपालिका वैठकलगायत कुनै पनि कार्य अघि बढ्न सकेको छैन् । निजामति सेवा नियमावली २०५० अनुसार कार्यालय प्रमुख नभएको अवस्थामा कर्मचारीको श्रेणी सेनियारिटीका आधारमा जो कर्मचारी छन् उही काम गर्न सकिने व्यवस्था छ ।
बिकास निर्माणको कार्य असार मसान्त भित्रमा समपन्न गर्नुपर्ने अवस्थाामा पनि स्थानीय सरकारले ध्यान नदिदा सामान्यभन्दा सामान्य काम लिएर गाउँ पालिका पुग्ने जो कोही सेवाग्राही रित्तै हात फर्कन बाध्य छन्।
विकासका योजनामा काम हुन सकेको छैन।
कार्यालयमा रहेका विकास निर्माण मा प्रयोग हुने जेसीवि, ट्रिपर सञ्चालन गर्न आदेश दिने कार्यलय प्रमुख नहुदा झन ठूलो समस्या भएको कार्यलयका एक कर्मचारीले बताए।
उनले भने ‘साधन स्रोत छ तर चाहेर पनि काम गर्न असजिलो भएको हो। साभार : मिथिला रत्न,
Your email address will not be published. Required fields are marked *