
सिरहा, १२ वैशाख ।
सिरहाको नरहामा म्याजिक दुर्घटना हुँदा तीन जना घाइते भएका छ्न्। घाइतेमध्येय एकको अब्स्था गम्भिर रहेको छ।
चोहर्वा सिरहा सडक खण्ड अन्तर्गत नरहा गाउँ पालिका ३ खोरीयाटोल नजीक सिरहाबाट चोहर्वातर्फ आईरहेको ना. ज १ ज २९९ नम्बर सेतो म्याजिक दर्घटना हुँदा कर्जन्हा नगरपालिका ३ बन्दिपुरका ५१ वर्षिय शिबसती यादब, २२ वर्षिय पिन्का यादब, ६० वर्षिय भोला यादब र सिरहाको खिरौनाका ४० वर्षिय सरिता देबि साह (गुप्ता) घाइते भएको हो।
घाईते मध्ये तीनजना यादव एकै परिवारको रहेका छन्। यात्रि सहित चिनी, मैदा, तेल बोकेको सेतो म्याजिक अनियन्त्रित भई राजमार्ग छेउमा रहेको बिजुलीको पोलमा ठोकिँदा उनीहरु भाईते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाए।
दुर्घटना लगतै गाडीका चालक फरार भएको छ। घाईते मध्येय ६० वर्षिय भोला यादबको अवस्था गम्भिर रहेको बताइएको छ। उनीहरु सवैको लाइफ लङ हेल्थ केयरमा उपचार भईरहेको छ। भोलालाई थप उपचारको लागि वाहिर लानुपर्ने अवस्था रहेको अस्पतालका डा. अजय जयसवालले जानकारी दिए।
जिल्ला प्रहरी काएयलय सिराहाले गाडी चालकको खोजतलास भइरहेको जनाएको छ। गाडीमा रहेको समान कसको भन्ने खोजतलास भईरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
Your email address will not be published. Required fields are marked *