सिरहा:चट्याङ लागेर एक जनाको मृत्यु

  • star khabar
  • ४ महिना अगाडि
  • १२ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा, १७ चैत।
सिरहामा चट्याङ लागेर एक जना ट्रक चालकको मृत्यु भएको छ।
सिरहाको मिर्चैया नगरपालिका १ मा रहेको सौर्या सिमेन्ट उद्योगमा सिमेन्ट लिन आएका ना.५ ख ३७२१ नम्बर ट्रकका चालक रौतहट चन्द्रपुर नपा ८ का ४३ वर्षिय नेत्र प्रसाद गौतम (कुमार) को मृत्यु हो।

ट्रकमा तिरपाल बाधिरहेका बेला हावा हुरीसँगै परेको चट्याङ लागेर घाइते गौतमलाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी मेमोरीयल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

शव अस्पतालमै रहेको प्रहरीको प्रहरीले बताए। घटनाबारे थप अनुसन्धान भईरहेको छ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *