सिरहा :बैंकको रकम लुटी फरार रहेका तीन जना पक्राउ

  • star khabar
  • ४ महिना अगाडि
  • ११ Views
https://sstarkhabar.com/public/frontend/img/header-adds/adds.jpg

सिरहा चैत १३ गते ।
लहानको दुई जान र एक जना कल्याणपुर गरि जम्मा तीन जानालाइ ९ लाख रकम लुटेकाे आरोपमा पक्राउ गरि कर्बाही गरेको जिल्लाप्रहरी कर्यालय सिरहाले पत्रकार सम्मेलनमार्फत जनकारी गराएको छ।

जिल्ला सिरहा लहान नगरपालिका वडा नं १३ सुकरामपुर टोल बस्ने वर्ष ३६ को जिबछबि.क.
त्यस्तै लहान नगरपालिका वाड नं. १९ छरापटि बस्ने वर्ष ४७ को सत्य नारायण मण्डल र कल्याणपुर नगरपालिका वडा नं. ८ बस्ने वर्ष ४५ को श्याम कुमार यादवलाई पक्राउ गरि कर्बाही गरेको छ ।
मिति २०७९।११।१० गते अं. १४:४५ बजेको समयमा जिल्ला सिरहा मिचैया नगरपालिका वडा नं. ३ बताहा पुल स्थित कल्याणपुर जाने बाटोमा ग्लोबल आई. एम. ई. बैंकको शाखा कार्यालय कल्याणपुर सिरहामा काम गर्ने क कर्मचारीले ज. ६.प. ८९८५ नं. को मोटरसाईकल चलाई मिचैयाको ग्लोबल आई. एम. ई बैंकबाट नगद रु ९,००,०००/- (नौ लाख) रकम निकाली कालो ब्यागमा हाली पछाडी ढाडमा बोकी ग्लोबल आई. एम. ई. बैंक शाखा कार्यालय कल्याणपुर तर्फ लिएर आउने क्रममा नम्बर नखुलेको MT र अपाचे मोटरसाईकलमा आएका ४ जना अपरिचित व्यक्तिहरूले पेस्तोल देखाई उक्त रकम खोसी लिई दक्षिण तर्फ भागी फरार भएका थिए ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा तथा ईलाका प्रहरी कार्यालय मिचैया सिरहा लगाएत मातहत समेतको प्रहरी टोलिले खोजतलाश गर्दै जाने क्रममा मिति २०७९।१२।०९ गते दिउँसो अं १७:३० बजेको समयमा जिल्ला जिल्ला सिरहा सिरहा नगरपालिका स्थित हेमनारायण चोक स्थितबाट निजहरुलाई फेलापारी पक्राउ गरिएको थियो ।
शरिर बन्धक तथा डाँका मुद्दामा सम्मानित सिरहा जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद लिई ईलाका प्रहरी कार्यालय मिचैया सिरहाबाट थप अनुसन्धान कार्य भई रहेको जिल्ल प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

https://sstarkhabar.com/public/frontend/img/header-adds/sanakishanads.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *